२२ सयले घट्यो तोलामा सुन


काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य दुई हजार २०० र चाँदीको मूल्य ६० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य चार हजार ३५५ कायम भएको छ ।

 सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ९४ हजार ४०० र चाँदी प्रतितोलाको मूल्य रु चार हजार ४१५ कायम भएको थियो ।