सिटी युरोपियन च्याम्पियन लिगको फाइनलमा



काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता रियल म्याड्रिडमाथि ४–० को तथा समग्रमा ५–१ को जित निकाल्दै सिटी फाइनलमा पुगेको हो ।

इतिहाद स्टेडियम म्यानचेस्टरमा गएराति भएको खेलको २३औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए, त्यसपछि लगत्तै ३७औं मिनेटमा सिल्भाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पहिलो हाफमा नै सिटीको अग्रता २–० ले दोब्बर पारिदिए ।

उता, दोस्रो हाफको ७६औं मिनेटमा म्यानुयल एकान्जीले गोल गरेपछि सिटी ३–० को सहज जिततर्फ अघि बढयो भने इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा परिवर्तित खेलाडी अल्भारेजले गोल गर्दै सिटी ४–० को अग्रता लिन सफल भयो । अन्ततः सिटीले ४–० को तथा समग्रमा ५–१ को जित निकाल्दै फाइनल सुनिश्चित गर्न सफल भयो ।

सिटी यसअघिको दुई संस्करणको सेमिफाइनलमा रियलसँगै पराजित भएको थियो भने सिटी यो पटकसहित दोस्रोपटक फाइनलमा पुगेको हो । अब सिटीले उपाधिका लागि १० जुनमा इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज

काठमाडौँ । नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको ट्वेन्टी–२० शृङ्खलाको अन्तिम खेल आज

यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।