प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली घोषणा



बैतडी । प्रधानमन्त्री कप सिनियर पु्रुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ । सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक प्रशिक्षक खेमराज भट्टले जानकारी दिए । कप्तानमा भट्टसँगै उपकप्तान शेर मल्ल, विकेटकिपर राजु रिजाल रहेका छन् ।

टोलीका अन्य सदस्यहरुमा खडक बोहरा, गजेन्द्र बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकाश आग्री, आदित्य महता, नारायण जोशी, वसन्त कार्की, अर्जुन साउँद, दिपक टमटा र कैलाश ऐर रहेका छन् । यस्तै नरेन भट्ट, अनुराग सिंह, सत्यराज विष्ट र मिलन बोहरा वैकल्पिक खेलाडीका रुपमा रहेका छन् । हालै सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २६ गतेदेखि काठमाडौँमा हुँदैछ । सुदूरपश्चिमले पहिलो खेल पुस २६ गते नेपाल पुलिस क्लबसँग खेल्दैछ । उक्त खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याङ्जामा राष्ट्रिय भलिबल खेलाडी सम्मानित

वालिङ (स्याङ्जा) । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ

हाफ म्याराथनमा महिलातर्फ प्रहरीका बुढा र पुरुषतर्फ आर्मीका राईलाई उपाधि

  खोटाङ । खोटाङको दिक्तेलमा आयोजित खुला महिला तथा पुरुष हाफ म्याराथनको उपाधि

ओलम्पिक खेलमा विशेष तयारी गर्न सदस्य सचिव घिसिङको आग्रह

  काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले पेरिस ओलम्पिकमा

एपिएफद्वारा बागमती पराजित

  काठमाडौँ ।  सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई ८ विकेटले