सङ्कटा र सातदोबाटोको खेल बराबर



काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजदेखि सुरु भएको आठौँ चरणको पहिलो खेलमा सङ्कटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा र सातदोबाटोले १–१ गोल गरेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा एक एक गोल गरेका थिए । सातदोबाटोका लागि सुशील राईले गोल गर्दा उता सङ्कटाका लागि जया गुरुङले बराबरी गोल फर्काएका थिए । खेलको २३औँ मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए ।

निरज बस्नेतको ब्याक पासमा गोलरक्षक राजाबाबु थापाले गल्ती गरेपछि राजाबाबुले क्लियर गरेको बल सुशीलको घुँडामा लाग्दै गोलमा परिणत भएको थियो । सातदोबाटोको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन ।

खेलको ३२औँ मिनेटमा सङ्कटाका खेलाडी जयाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । दीपेश आलेमगरको पासलाई उनले करिब ३० यार्डबाट प्रहार गरेको बलले जाली चुमेको थियो । खेलको दोस्रो हाफमा गोल हुन नसकेपछि खेल एक–एक गोलको बराबरीमा टुङ्गिएको हो ।

यस बराबरी खेलसँगै अपराजित रहेको सङ्कटा ८ खेलबाट १४ अङ्क जोडेर अङ्कतालिकाको तेस्रो स्थानमा पुगेको छ भने समान खेल खेलेको सातदोबाटो ९ अङ्क जोडेर अङ्क तालिकाको आठौँ स्थानमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ

एपिएफ ललितपुर मेयर्स कप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौँ ।  ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ अन्तर्गत शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब आयोजक

क्यानले बनायो पाँच समिति

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पाँच वटा समिति गठन गरेको छ

दुई करोड पचास लाखमा निर्मित ‘स्केटिङ पार्क’ सञ्चालनमा

नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पहिलोपटक स्केटिङ पार्क सञ्चालनमा आएको छ ।