एन्फा अध्यक्ष शेर्पालाई गणेश थापाले लेखे यस्तो पत्र



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पत्र लेख्दै यही पुस २२ गते बस्न लागेको एन्फाको कार्यकारिणी समितिको बैठकमा आफ्ना धारणा राख्नका लागि अवसर मिलाइदिन आग्रह गरेका छन् ।

मंगलबार अध्यक्ष शेर्पालाई पत्र लेख्दै थापाले आफूमाथि लगाएका आरोपका कारण आफूले एउटा खेलाडी र व्यवस्थापकका रुपमा इमानदारीपूर्वक गरेका कामप्रति भ्रम उत्पन्न भएको उल्लेख गरेका छन् ।

पत्रमा उनले लेखेका छन्, ‘मैले तपाई अखिल नेपाल फुटबल संघको अध्यक्षमा निर्वाचित भएदेखि पनि बारम्बार ममाथि लगाइएका आरोप प्रमाणित गर्न वा आत्मालोचना गर्न अनुरोध गरेको थिएँ । त्यसलाई तपाईले पूर्ण रुपमा बेवास्ता मात्र गर्नुभएन, थप आधारहीन भ्रमहरुको सिर्जना गरेर मेरो थप चरित्रहत्याको प्रयास गर्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई करोड पचास लाखमा निर्मित ‘स्केटिङ पार्क’ सञ्चालनमा

नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पहिलोपटक स्केटिङ पार्क सञ्चालनमा आएको छ ।

खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाइने

काठमाडौँ । सरकारले खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाउने भएको छ । सङ्घीय संसद्को

विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा

  काठमाडौँ ।  विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएईं)विरुद्ध हुने खेलका

तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अंक बाँडे

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले अंक बाँडेका छन्