‘एसियन सेन्ट्रल जोन’ भलिबलका उपाधि विजेता खेलाडीलाई सम्मान



पोखरा । गण्डकी प्रदेश सरकारले बङ्गलादेशमा गत साता सम्पन्न ‘एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप’को उपाधि विजेता नेपाली टोलीका चार खेलाडीलाई सम्मान गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले सोमबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी नेपाली राष्ट्रिय महिला भलिबल टोलीमा गण्डकीबाट प्रतिनिधित्व गरी एसियन सेन्ट्रल जोन भलिबलमा उपाधि जित्ने टोलीका सदस्य खेलाडीहरुलाई नगद जनही ५० हजार तथा प्रशंसापत्रबाट सम्मान गरेको हो ।

युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे), प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्यवकुमार गुरुङ र परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले खेलाडीहरुलाई नगद, प्रशंसापत्र तथा दोसल्ला ओढाएर सम्मान गरे । नगदसहित पुरस्कृत हुने खेलाडीहरुमा राष्ट्रिय टोलीका कप्तान अरुणा शाही (म्याग्दी), साफिया पुन (बाग्लुङ), उषा भण्डारी (तनहुँ) र शान्तिकुमारी थारू (नवलपरासी) छन् ।

सो अवसरमा नेपाल भलिबल सङ्घका कार्यवाहक अध्यक्ष एवं टोलीका व्यवस्थापक यामबहादुर गुरुङलाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो । अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जितेर गण्डकी प्रदेश र देशकै नाम राख्न सफल भएकामा खेलाडीहरुलाई सम्मान गरिएको मन्त्रालयका निमित्त सचिव तेजप्रसाद काफ्लेले बताए ।

नेपाली महिला भलिबल टोलीले गत साता बङ्गलादेशमा भएको प्रतियोगितामा फाइनलमा बलियो उज्बेकिस्तानलाई पराजित गर्दै उपाधि रक्षा गरेको थियो । यसअघि सन् २०१९ मा सम्पन्न प्रतियोगिताको पहिलो संस्करण पनि नेपाली टोलीले जितेको थियो । सम्मान कार्यक्रममा मन्त्री गुरुङले खेलकुद पर्यटनलाई सरकारले प्राथमिकता राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेबल टेनिसका स्यान्टु ओलम्पिकमा छनोट

  काठमाडौँ । टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४ का लागि

क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ

एपिएफ ललितपुर मेयर्स कप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौँ ।  ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ अन्तर्गत शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब आयोजक

क्यानले बनायो पाँच समिति

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पाँच वटा समिति गठन गरेको छ