क्रिकेटको बन्द प्रशिक्षणमा ९ खेलाडी अनुपस्थित



काठमाडौँ । अस्ट्रेलियामा हुने टी–२० विश्वकपको ढोकाका रुपमा रहेको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टीमको सोमबारदेखि बन्द प्रशिक्षण सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच रहेको विवाद समाधान भएको भनिएपनि बन्द प्रशिक्षणमा ९ खेलाडी अनुपस्थित रहेका छन् ।

बन्द प्रशिक्षणको पहिलो दिन त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १४ जना खेलाडी उपस्थित भएका छन् । बन्द प्रशिक्षणमा शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सरार्फ, भीम सार्की, प्रदीप ऐरी, गुलशनकुमार झा, जितेन्द्र मुखिया, विवेककुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर र किशोर महतो सहभागी छन् ।

क्यानले कारबाही गरेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरीसहित कुशल भुर्तेल, करण केसी, रोहितकुमार पौडेल, अविनाश बोहरा र सन्दीप जोरा प्रशिक्षणमा सहभागी भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेबल टेनिसका स्यान्टु ओलम्पिकमा छनोट

  काठमाडौँ । टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४ का लागि

क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ

एपिएफ ललितपुर मेयर्स कप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौँ ।  ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ अन्तर्गत शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब आयोजक

क्यानले बनायो पाँच समिति

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पाँच वटा समिति गठन गरेको छ