चीनमा फुटबलका राष्ट्रिय खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध



चीनले राष्ट्रिय टोलीका लागि फुटबल खेल्ने खेलाडीहरूलाई ट्याटु खोप्न प्रतिबन्ध लगाउँदै ट्याटु भएका खेलाडीहरूलाई त्यो हटाउन निर्देशन दिएको छ । चिनियाँ खेलकुद प्रशासन कार्यालयले राष्ट्रिय स्तर र युवा टोलीमा ट्याटु भएका नयाँ खेलाडीहरू राख्न कडा प्रतिबन्ध लगाएको जनाएको छ । कार्यालयले समाजमा राम्रो उदाहरण प्रस्तुत गर्न यस्तो प्रतिबन्ध लगाइएको जनाएको छ ।

जाङ लिन्पेङ जस्ता राष्ट्रिय खेलाडीहरूलाई यसअघि नै आफ्नो ट्याटु छोप्न भनिएको थियो । चीनले सन् २०१८ देखि नै टिभीमा ट्याटु देखिनबाट रोक्न नयाँ निर्देशनहरू जारी गर्न थालेको हो । त्यसयता केही व्यावसायिक खेलाडीहरूले ट्याटु छोप्न लामो बाहुला भएको जर्सी प्रयोग गरिरहेका छन् ।

एक विज्ञप्तिमा चीनको जनरल एड्मिनिस्ट्रेसन अफ स्पोर्टसले ट्याटु भएका राष्ट्रिय खेलाडीहरूलाई ट्याटु हटाउन सुझाव दिइएको जनाएको छ । विगतमा ट्याटुलाई अपराधीहरूको चिन्ह मानिन्थ्यो भने पूर्वी एशियामा यसलाई साङ्गठनिक अपराध समूहहरूसँग जोडिन्छ । चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले ट्याटुलाई राम्रो मान्दैन तर त्यहाँ हालैका दिनहरूमा ट्याटु लोकप्रिय हुन थालेको छ ।

यो वर्षको सुरुमा चीनको प्रसारण निकायले अस्वास्थ्य सामग्रीमाथि कडाइ गर्ने जनाएको थियो । टेलिभिजन र इन्टरनेटमा खेल व्यक्तित्वहरूलाई ट्याटु र पुरुषहरूले कपाल बाँधेर आउन मनाही गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेबल टेनिसका स्यान्टु ओलम्पिकमा छनोट

  काठमाडौँ । टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४ का लागि

क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ

एपिएफ ललितपुर मेयर्स कप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौँ ।  ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ अन्तर्गत शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब आयोजक

क्यानले बनायो पाँच समिति

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पाँच वटा समिति गठन गरेको छ