पोखराका प्रदीपलाई ‘ओपन टेनिस’को उपाधि



पोखरा । पोखरामा सम्पन्न १८ औँ संस्करणको ‘माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस’ प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधि पोखराका प्रदीप खड्काले जित्न सफल भएका छन् ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ गतेदेखि पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा आयोजना गरिएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा प्रदीपले आरभ सम्राट हाडा माथि ६–३ र ६–४ को सोझो सेटमा जित निकाल्दै खड्का नेपालको शीर्ष वरियतामा उक्लिन सफल भए । उपाधि विजेता खड्काले ८० हजार नगद पुरस्कार प्राप्त गरे ।

गत महिना काठमाडौँमा सम्पन्न गणेशमान राष्ट्रिय टेनिस प्रतियोगितामा खड्का आरभसँग ६–३ र ६–१ अङ्कले पराजित भएका थिए । प्रतियोगितामा उपविजेता आरभले नगद ४० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । महिला एकलतर्फको उपाधि भने बिहीबार नेपालका शीर्ष वरियताका सलोनी तामाङले जितेकी थिइन् ।

प्रतियोगिताअन्तर्गत ३५ वर्षमाथिको एकलतर्फको उपाधि सन्तोष खत्रीले हासिल गरे । फाइनल खेलमा सन्तोषले भीष्म गुरुङलाई ६–० र ६–१ को सहज सेटमा पराजित गरे । विजेता खत्रीले नगद ६० हजार तथा उपविजेता गुरुङले ३० हजारसहित ट्रफी र मेडल पुरस्कार पाए । यसैगरी ४५ वर्षमाथिको एकलतर्फको उपाधि चन्द्र शाहीले हासिल गररे ।

उनले विमलकुमार गुरुङलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे । विजेताले नगद ४० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफि, मेडल पुरस्कार प्राप्त गरे । ४५ वर्षमाथिको पुरुष ‘डबल्स’मा हिमाल शाह र राजु क्षेत्रीको जोडी विजेता बन्यो ।

हिमाल जोडीले पोखराका विनोद कायस्थ र विकास गुरुङको जोडीलाई ६–२ र ६–२ को सोझो सेटमा जित निकाल्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो । विजेताले नगद २० हजार तथा उपविजेताले नगद १० हजारसहितको पुरस्कार प्राप्त गरे । प्रतियोगितामा विभिन्न ११ विधामा १३० खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरेको सङ्घका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेबल टेनिसका स्यान्टु ओलम्पिकमा छनोट

  काठमाडौँ । टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४ का लागि

क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ

एपिएफ ललितपुर मेयर्स कप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौँ ।  ललितपुर मेयरर्स कप क्रिकेट–२०८१ अन्तर्गत शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब आयोजक

क्यानले बनायो पाँच समिति

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पाँच वटा समिति गठन गरेको छ