कप्तान परिवर्तन हुँदैनः प्रशिक्षक दसानायके



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन नहुने बताएका छन् । मुख्य प्रशिक्षका रूपमा आफूले कार्यभार सम्हालेपछि पहिलोपटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट सङ्घ (क्यान)सँग भएकाले त्यस विषयमा आफूले केही भन्न नसक्ने बताएका हुन् ।

उनले क्यान र खेलाडी दुवै पक्षसँग आफूले छलफल गरेको र क्यानले कप्तान परिवर्तन नहुने भनेकाले सन्दीप लामिछाने नै कप्तान रहने बताए । क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो ।

दसानायकेले खेलाडीको वर्गीकरणका विषयमा भने आफूले सक्दो पहल गर्ने उल्लेख गर्दै विश्वकप छनोटका लागि ३० खेलाडीलाई क्याम्पमा बोलाउने तयारी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाफ म्याराथनमा महिलातर्फ प्रहरीका बुढा र पुरुषतर्फ आर्मीका राईलाई उपाधि

  खोटाङ । खोटाङको दिक्तेलमा आयोजित खुला महिला तथा पुरुष हाफ म्याराथनको उपाधि

ओलम्पिक खेलमा विशेष तयारी गर्न सदस्य सचिव घिसिङको आग्रह

  काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले पेरिस ओलम्पिकमा

एपिएफद्वारा बागमती पराजित

  काठमाडौँ ।  सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई ८ विकेटले

आर्सनल फेरि शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्ष स्थानमा उक्लिएको छ ।