कुवेतद्वारा नेपाल एक विकेटले पराजित



काठमाडौं । एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल कुवेतसँग एक विकेटले पराजित भएको छ । नेपालले कुवेतसामु जीतका लागि २४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । कुवेतले उक्त लक्ष्य सात बल बाँकी छँदै नौ विकेट गुमाएर पूरा गर्यो । कुवेतको जितमा कप्तान मीत भावसर नायक सावित भए । भावसर एक्लैले अविजित रहँदै १७५ रन बनाए ।

प्रारम्भिक ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका उनी अन्तिम समयसम्म क्रिजमा टिकीरहे । भावसरलाई पवेलियन फर्काउन बलर असफल रहेपछि नेपाल प्रतियोगितामा जितविहीन बन्न पुग्यो । त्यसअघि संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित आइसिसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २३९ रन बनायो ।

नेपालका बसिर अहमदले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ६१ बल खेल्ने क्रममा एक छक्का र सात चौका प्रहार गरे । यस्तै विवेक मगरले ७१ बलमा ६ चौकासहित ५० रन बनाए । मोहमद आदिल आलमले ४२ बल खेल्दै पाँच छक्का र दुई चौकाको मद्दतमा ४९ रन जोडे । यस्तै शेर मल्लले २१, दिपेश कँडेलले १५ तथा अर्जुन साउदले १० रन बनाए ।

बलिङतर्फ कुवेतका मिर्जा अहमद र अब्दुल सदिकले तीन/तीन तथा हेनरी थोमस र मोहमद बास्तकीले दुई÷दुई विकेट लिए । दुई सय ४० रनको विजयी लक्ष्य कुवेतले ४८ दशमलव पाँच ओभरमा नौ विकेटको क्षतिमा पूरा गर्यो । कप्तान भावसरले अविजित १७५ रन बनाउने क्रममा १४९ बलको सामना गरे । यस क्रममा उनले एक छक्का र २४ चौका प्रहार गरे ।

यस्तै जुदे सल्दन्हाले २५ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् । कुवेतले नेपालका बलरबाट २५ अतिरिक्त रन पाएको थियो । बलिङतर्फ नेपालका गुल्सन झाले तीन तथा विवेक यादव, शेर मल्ल र बसिर अहमदले दुई दुई विकेट लिए । कुवेतसँगको हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघिका खेलमा नेपाल बङ्गलादेश र श्रीलङ्कासित पराजित भएको थियो । आजको खेलमा विजयी भएपनि कुवेत पनि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न असफल भएको छ । उसले यसअघिका दुई खेलमा पराजय बेहोरेको थियो । नेपाल रहेको समूह ‘बी’बाट बङ्गलादेश र श्रीलङ्का सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’बाट पाकिस्तान र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् भने अफगानिस्तान र युएई बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयरकप भोजपुर गोल्डकप हुँदै

भोजपुर । प्रत्येक वर्ष सञ्चालन हुने भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप

वर्षाका कारण खेल रद्द हुँदा नेपाल विश्वकपमा पुग्न असफल

काठमाडौं । आइसिसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द हुँदा

छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

राँझा (बाँके) । लामो समयपछि नेपालगञ्जमा आयोजना भएको अन्तर्राष्ट्रियस्तरको  लुम्बिनी कप महिला फुटबल

‘केपी ओली कप ’ राष्ट्रिय क्रिकेटमा गण्डकी च्याम्पियन

कास्की । पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय खुला