इङल्यान्ड र स्विटजरल्यान्डद्वारा विश्वकपमा स्थान सुरक्षित



इङल्यान्ड र स्विटजरल्यान्डले सन् २०२२ को कतार विश्वकपमा स्थान सुरक्षित गरेका छन् । समूह आइमा रहेको इङल्यान्डले गएराति भएको खेलमा दश खेलाडीमा समेटिएको सन मरिनो माथि दश शून्य गोल अन्तरको विशाल जित हात पार्यो ।

उसका लागि हेरी केनले चार गोल गरेका थिए । हेरी मग्वावेरले छैटौं मिनेटमा हेडर  गोल गर्दै  इङल्यान्डलाई अग्रता दिलाएका थिए । १५ औं मिनेटमा मरिनोका फिलिपो फाब्रीले आफ्नै पोस्टमा गोल गरेपछि इङल्यान्ड दुई शून्यले अघि र्हयो । केनले २७ औं मिनेटमा पेनाल्टीमा व्यक्तिगत पहिलो गोल गरे ।

३१ औं मिनेटमा दोस्रो गोल गरेका उनले ३९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ४२ औं मिनेटमा केनले चौथो गोल गर्दा इङल्यान्ड पहिलो हाफमा ६–शून्यको अग्रता लिन सफल भयो ।  योसँगै केनले राष्ट्रिय टिमबाट ४८ गोल पुरा गरेका छन् । जुन गेरी लिङकरसँग बराबरी हो ।  ५८ औं मिनेटमा स्मिथ रोवीले गोल थपे । ६८ औं मिनेटमा  सन मारिनोका रोस्सी दोहोरो पंहेलो कार्ड पाउदै मैदान बाहिरिका थिए ।

६९ औं मिनेटमा टाइरोन मिङसले गोल गरे ।  इङल्यान्डका लागि उनको यो पहिलो गोल हो । ७८ औं मिनेटमा टमी अब्राहम र ७९ औं मिनेटमा बुकायो साकाले गोल गरेका थिए । इङल्यान्डले सन् १९६४ पछि पहिलो पटक अंकको जित हात पारेको हो ।

यसअघि उसले १९६४ मे मा अमेरिकालाई १०–० गोललेनै हराएको थियो ।  प्रतिस्पर्धात्मक खेलमा भने यो पहिलो पटक हो । यसै समूहको पोल्यान्डले प्ले अफ खेल्नु पर्ने भएको छ । गएरातिनै भएको खेलमा  रोबर्ट लेवान्डोस्कीको टोली पोल्यान्ड हंगेरीसँग दुई एक गोलले स्तब्ध भयो ।  स्विटजरल्यान्डले बुल्गेरियालाई ४–० गोलले पराजित गर्दै कतार विश्वकपमा स्थान पक्का गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति रनिङ सिल्डमा उसुमा चार स्वर्णको टुङ्गो

काठमाडौँ । राजधानीमा जारी १४ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत उसु खेलमा

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

  काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरियताको

साउदी अरेबियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

  काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा

साउदी अरेबियाद्वारा नेपालसामू ७४ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामू