अर्जेन्टिनाद्वारा उरुग्वे एक शून्य गोलले पराजित



कतार विश्वकप छनोट खेलमा अर्जेन्टिनाले उरुग्वेलाई एक शून्य गोलले पराजित गरेको छ । आइतबार बिहान उरुग्वेको मैदानमा भएको खेलमा अर्जेन्टिनाले लियोनल मेसी विना सुरुवात गरेको थियो । तर एंजल डि मारियाले खेलको सातौं मिनेटमा गरेको गोलनै अर्जेन्टिनालाई जित दिलाउन पर्याप्त बन्यो । छनोटको अघिल्लो खेलमा उरुग्वेले अर्जेन्टिनालाई तीन शून्य गोलले नतिजा सुम्पिएको थियो ।

तर आज सुधारिएको प्रदर्शन गरेको उरुग्वेले घरेलु समर्थकको अघि गोलका धेरै अवसर सिर्जना गरेको थियो । तर सफल भएन । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले कहिले कांही मात्र जित हात पर्ने र त्यसमा सफल भएको प्रतिक्रिया दिए । उनले आज राम्रो नखेलेपनि जित महत्वपूर्ण भएको उल्लेख गरे । उत्कृष्ट डि मारियाको गोलबाट सुरुवाती ६ मिनेटमानै खेलको नतिजा निष्कर्षमा पुगेको थियो ।

लुइस स्वारेजले उरुग्वेका तर्फबाट गोल गर्ने अवसरको सदुपयोग गर्न सकेनन् । चोटका कारण फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेनमा पछिल्ला दुई खेल गुमाएर मेसी खेलको अन्तिम १४ मिनेट मैदान प्रवेश गरेका थिए ।

जितसँगै अर्जेन्टिनाले विश्वकप छनोट यात्रा बलियो बनाएको छ । तालिकाको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको १२ खेलबाट २८ अंक छ । अर्जेन्टिना पछिल्ला २६ खेल यता अपराजित छ । छैटौ स्थानको उरुग्वेको १३ खेलबाट १६ अंक छ । दक्षिण अमेरिकी क्षेत्रबाट ४ टिमले सिधै सन २०२२ को कतार विश्वकपमा स्थान बनाउनेछन् । अहिलेसम्म ब्राजिल कतार विश्वकपका लागि छनोट भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको