नेपाली सेनाका रेफ्री ढकाल फ्रेन्च इकोपेनमा निर्णायकका लागि फ्रान्स प्रस्थान



काठमाडौं । नेपाली सेनाका तेक्वान्दो खेलका रेफ्री दीपेन्द्र ढकाल फ्रेन्च इकोपेन विश्व वरियता तेक्वान्दो खुला प्रतियोगितामा निर्णायक मण्डलमा सहभागी हुन फ्रान्स प्रस्थान गरेका छन् ।

पाकिस्तानको इस्लामाबादमा यही कात्तिक १८ देखि २३ गतेसम्म भएको चिफ अफ आर्मी स्टाफ (सिओएएस) पाकिस्तान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा सहभागी भई उनी त्यहीबाटै कतारको दोहा हुँदै बुधबार फ्रान्स गएका हुन् ।

पाकिस्तानमा भएको उक्त तेक्वान्दो प्रतियोगिताका विभिन्न समूहमा भएका ४५ प्रतिस्पर्धामा उनले रेफ्री भएर निर्णय सुनाएका थिए । फ्रान्समा यही कात्तिक २६ देखि २८ गतेसम्म हुने एशियन तेक्वान्दो युनियन तथा युरोपियन तेक्वान्दो युनियनबाट उक्त प्रतियोगिताका लागि निर्णायक मण्डलमा रेफ्री ढकालको छनोट भएको हो ।

चीनको वुहानमा २०७६ कात्तिकमा भएको सातौं विश्व सैनिक खेलकूद प्रतियोगिता (सिज्म्स)मा समेत रेफ्री ढकाल तेक्वान्दो विधामा निर्णायक मण्डलमा थिए । चीनकै उसी सहरबाट विसं २०७४ मा अन्तर्राष्ट्रिय रेफ्री कोर्ष प्राप्त गरेका ढकाल नेपालको खेलकूद क्षेत्रका स्थापित अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल भएका छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो श्रेणीको निर्णायक बरियता नजिक रहेका ढकाल मुलुकका सुरक्षा निकायका एक्ला अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उसु डिप्लोमा कोर्षमा सहभागीलाई प्रशिक्षण दिन चिनियाँ प्रशिक्षक नेपालमा

काठमाडौँ । नेपाल उसु महासङ्घको आयोजनामा काठमाडौंमा जारी सातौँ राष्ट्रिय उसु निर्णयक परीक्षा

मधेस प्रिमियर लिगको उपाधि मिथिला वारियर्सलाई

राजविराज । राजविराजमा बिहीबार सम्पन्न तेस्रो संस्करणको मधेस प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि

क्रिकेटर लोहनीको उपचारका लागि क्यानले पाँच लाख रुपैयाँ दिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सिद्धान्त लोहनीको उपचारका लागि पाँच

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण २० प्रतिशत सम्पन्न

चितवन। चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ