७ गोल भएको खेलमा सेभियाको रोमाञ्चक जित



स्पेनिस ला लिगामा सेभियाले रोमाञ्चक जित हात पारेको छ। सोमबार भएको खेलमा सेभियाले सेल्टा भिगोलाई ४-३ गोलले पराजित गरेको हो।

खेलको सात मिनेटमा कोउन्डोको गोलबाट सेभियाले अग्रता लियो। २० मिनेटमा सेल्टाका अस्पासले पेनाल्टीबाट बराबरी गोल फर्काए। २३ मिनेटमा उनले अर्को गोल गर्दा सेल्टा २-१ ले अघि बढ्यो। खेलको ३५ मिनेटमा सेभियाका फर्नान्डोल गोल गरेपछि खेल २-२ को बराबरीमा आएको थियो। ४३ मिनेटमा सेल्टाका लागि मेन्डेजले तेस्रो गोल गरे। जसका कारण पहिलो हाफमा सेल्टा ३-२ ले अघि रह्यो।

दोस्रो हाफमा सेभियाले दुई गोल गर्दै खेल ४-३ ले आफ्नो पक्षमा पर्‍यो। दोस्रो हाफमा सेभियाका राकिटिकले ६० मिनेट र डारिओ गोमेजले ७६ मिनेटमा गोल गरेका थिए। अंक तालिकामा सेभिया ३० खेलबाट ६१ अंक जोडेर चौथो स्थानमा छ। शीर्ष स्थानको एट्लेटिको म्याड्रिडको ६७ अंक छ भने दोस्रो स्थानको रियल म्याड्रिडको ६६ र तेस्रो स्थानको बार्सिलोनाको ६५ अंक छ। सेल्टा भिगो ३७ अंक जोडेर दशौं स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित

एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको