युभेन्टस सिरि ए फुटबलको तेस्रो स्थानमा,क्रोटोन ३–० ले पराजित



युभेन्टस ईटालियन सिरि ए फुटबलको तेस्रो स्थानमा पुगेको छ । आफ्नो २२ औ खेलमा गएराती क्रोटोनलाई ३–० ले हराउदै युभेन्टस तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा युभेन्टसलाई शानदार जित दिलाउन क्रिष्टियानो रोनाल्डोले २ गोल गरे । अर्को गोल वेस्टोन म्याकेनीको नाममा रह्यो । ३८ औ मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले पहिलो हाफको ईन्ज्युरी समयमा अर्को गोल गर्दै टोलीलाई पहिलो हाफमै २–० को अवस्थामा पुर्याएका थिए । पाहुना टोलीमाथी अधिकांश समय दबाव बनाएको युभेन्टसले दोस्रो हाफको २१ औ मिनेटमा अर्को गोल गर्दै जित निकालेको हो ।

म्याकेनीले टोलीका लागि तेस्रो गोल गरेका हुन् । यो जितसंगै २२ खेलबाट युभेन्टसको ४५ अंक भएको छ । उ दोस्रो स्थानको एसी मिलान भन्दा ४ अंकले पछि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ला–लिगामा बार्सिलोना विजयी

स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको

बी डिभिजन लिगका दुबै खेल गोलरहित बराबरीमा

काठमाडौं ।, राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्र्तगत शनिबार भएका दुई

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग

शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

काठमाडौं । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको दोस्रो