राष्ट्रिय महिला फुटबलमा वालिङद्वारा चन्द्रपुर पराजित



काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत मंगलबार भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै लिगको चौथो स्थानमा उक्लिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले चन्द्रपुरलाई ३–० गोलअन्तरले हराएको हो । वालिङ ६ खेलबाट ८ अङ्क जोड्दै चौथो स्थानमा उक्लिएको हो । वालिङका लागि विदेशी खेलाडी मेथो एलुड रुथले दुई तथा टोउटा नोइल्लीले एक गोल गरे ।

खेलको ३७औँ मिनेटमा टोउटा नोइल्लीले पहिलो गोल गरेकी थिइन् । खेलको ४४औँ मिनेटमा मेथो एलुड रुथले वालिङका लागि दोस्रो गोल गरिन् । यस्तै खेलको ५४औँ मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गरिन् ।

चन्द्रपुर ६ खेलमा ३ अङ्कका साथ लिगको छैटौँ स्थानमा छ । यस्तै एपीएफ क्लब ६ खेलबाट १८ अङ्क जोड्दै लिगको पहिलो स्थानमा तथा आर्मी क्लब १० अङ्कका साथ दोस्रो स्थानमा छ । चौदण्डीगढी नगरपालिका अङ्कविहीन रहँदै लिगको पुछारमा रहेको छ ।

लिगमा बुधबार पहिलो खेल चौदण्डीगढी र त्रिभुवन आर्मी फुटबल क्लबबीच तथा दोस्रो खेल नेपाल पुलिस क्लब र विराटनगर महानगरपालिकाबीच हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्दिरालाई स्वर्ण

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ की इन्दिरा पराजुलीले काठमाडौँ जिल्लाव्यापी बृहत खेलकुदअन्तर्गत टेबलटेनिसको भेट्रान

साफ महिला च्याम्पियनसिपका लागि खेलाडी छनोट

काठमाडौँ । यही असार २७ देखि आगामी साउन ६ गतेसम्म बङ्गलादेशमा आयोजना हुने

नेपाललाई पदक दिलाउने शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भुटानमा भएको १५औँ दक्षिण एसियाली शारीरिक

प्रचण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

पोखरा । सशस्त्र प्रहरी बलको एपिएफ क्लवले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको