म्यान्चेस्टर सिटीको अग्रता



शेफिल्ड युनाईटेडलाई १–० ले हराउँदै म्यान्चेस्टर सिटीले इंग्लीश प्रिमियर लिग फुटबलको अंक तालिकामा ३ अंकको अग्रता लिएको छ ।

गएराति भएको खेलमा शेफिल्डविरुद्ध म्यान्चेस्टर सिटीलाई विजयी गराउन ग्याब्रियल जिससले निर्णायक गोल गरे । जितसँगै सिटीले अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडसँग ३ अंकको अग्रता लिएको छ ।

२० खेलबाट म्यान सिटीको ४४ अंक भएको छ भने एक खेल बढी खेलेको म्यान्चेस्टर युनाईटेडको ४१ अंक छ । म्यान्चेस्टर युनाईटेडले गएराति भएको खेलमा आर्सनलसँग गोलरहित बराबरी खेल्यो ।

प्रिमियर लिगकै अन्य खेलहरुमा न्युकासल युनाईटेडले एभर्टनलाई उसैको मैदानमा २–० ले हराउँदा क्रिष्टल प्यालेसले वुल्भरह्याम्पटन वान्डरर्सलाई तथा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० ले हराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यु–१६ इस्ट जोन कप क्रिकेटका लागि नेपाली टोली घोषणा

काठमाडौँ । मलेसियामा आयोजना हुने एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताका

आइसिसी क्रिकेटः नेपाल लगातार दोस्रो जितको खोजीमा

  काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपाल लगातार

गण्डकी प्रदेशस्तरीय क्रिकेट : घरेलु टोली कास्कीको लगातार दोस्रो जित

कास्की । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा

कीर्तिपुरकी एलिना नाथिङले जितिन् एकल कातामा स्वर्ण पदक

काठमाडौं । कीर्तिपुर नगरपालिकाकी एलिना नाथिङले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल