प्रिमियर लिगमा टोटेनहमविरूद्ध लिभरपुलको सहज जित



इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनहमविरूद्ध सहज जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको छ ।

टोटनह्यामको मैदानमा गएराति भएको खेलमा पाहुना टोली लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मिनो, ट्रेन्ट अलेक्जेण्डर आर्नोल्ड र सादियो मानेले एक एक गोल गरे । टोटनह्यामका होएबर्गले एक गोल फर्काए । खेलको सुरुमै टोटनह्यामका ह्युङ मिन सनले पेनाल्टी प्रहारको अवसर खेर फालेका थिए भने ५६ औं मिनेटमा लिभरपुलका मोहोमद सालाहले पनि पाएको पेनाल्टी अवसरमा गोल गर्न सकेनन् ।

यो खेलपछि लिभरपुल २० खेलबाट ३७ अंक जोड्दै प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । लिभरपुल शिर्ष स्थानको म्यान्चेस्टर सिटीभन्दा ४ अंकले पछि परेको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको ४१ अंक रहँदा ४० अंकसहित म्यान्चेस्टर युनाईटेड दोस्रो तथा ३९ अंक जोडेको लेष्टर सिटी तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय महिला भलिबलमा पुलिस र एपिएफ फाइनलमा

कास्की । पोखरामा जारी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि दुई

काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता आइतबारदेखि

काठमाडौं ।  काठमाडौं महानगरपालिका– २६ को आयोजनामा ‘काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता– २०८२’

नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने

काठमाडौं । नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने भएको छ । नेपाल

राष्ट्रपति रनिङ सिल्डको दोस्रो दिन नयाँ जुनियरमा राष्ट्रिय कीर्तिमान

काठमाडौँ । पन्ध्रौँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोस्रो दिन बिहीबार एथलेटिक्समा चार नयाँ