रङ्गशाला निर्माणका लागि भरतपुर महानगरको चार करोड सहयोग



चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले चार करोड सहयोग हस्तान्तरण गरेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका–१५ मा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार थप चार करोड सहयोग गरेको हो । यसअघि महानगरले फाउण्डेशनलाई चार करोड दिइसकेको छ ।

महानगरपालिकामा आयोजना गरिएको कार्यालयमा प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन् । महानगरको आन्तरिक स्रोतबाट रङ्गशाला निर्माण कार्यका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई पटकपटक गरी पहिले चार करोड र अहिले थप चार करोड प्रदान गरिएको हो ।

फाउण्डेशनका अध्यक्ष धुर्मुसले रङ्गशाला निर्माणको कामलाई अगाडि बढाउन यो सहयोगले सहज बनाएको प्रतिक्रिया दिए । उनले स्थानीय सरकार र जनताको सहयोगमा रङ्गशाला निर्माण कार्यलाई टुङ्गोमा पुर्याउने बताए । रङ्गशाला निर्माण सहयोगार्थ यसअघि महायज्ञको आयोजना गरिएको थियो ।

चेक हस्तान्तरणको अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालसँगै उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : एथलेटिक्समा आशिषद्वारा नयाँ कीर्तिमान

  काठमाडौँ ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औँ राष्ट्रपति रनिङ शिल्ड

आर्मीलाई कालिका कप राष्ट्रिय भलिबलको उपाधि

  गलकोट (बागलुङ) ।  चैतेदसैँका अवसरमा बागलुङ कालिका गुठी समितिद्वारा आयोजित कालिका कप