प्रधानमन्त्री कप क्रिकेटमा पुलिस क्लबलाई पराजित गर्दै एपीएफ फाइनलमा



काठमाडौं । साविक विजेता नेपाल पुलिसको चुनौतिलाई समाप्त पार्दै एपीएफ राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । .

कीर्तिपुरस्थिति त्रिभुवन विश्वविद्यलायको मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा पुलिसलाई ३० रनले हराउँदै एपिएफ अन्तिम दुईमा प्रवेश गरेको हो । उपाधि प्रतिस्पर्धाका लागि अन्तिम दुईमा स्थान बनाएको एपिएफले बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ ।

एपीएफले दिएको २ सय ४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ४९.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ७३ रन जोड्न सक्यो । पुलिसका लागि पर्वन सरार्फले सर्वाधिक ४० रनको योगदान गर्दा, राशिद खानले ३४, दिपेन्द्र सिंह ऐरीले ३३, अनिल साहले २१, आरिफ शेखले १६ रन जोडे । सागर ढकाल ११ रनमा आउट भए ।

पुलिसलाई सस्तैमा समेट्न भुवन काकीले सर्वाधिक ४ विकेट लिए । कमलसिंह ऐरी, अविनाश बोहोरा र शरद भेषवाकरले २/२ विकेट लिए आ–आफ्नो नाममा लेखाए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले पुरै ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो । सुरुआती ब्याट्सम्यानले गतिलो स्कोर नगरे पनि मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएको प्रदर्शन गरेका थिए ।

एपीएफका लागि शंकर रानाले सर्वाधिक ४४ रन जोड्दा, भुवन कार्कीले ४२ रन जोड्दा सन्दीप जोराले ३४ रन बनाए । सुवास खकुरेल र कमल ऐरीले समान १९/१९ रन बनाए । कप्तान शरद भेषवाकरले १८ रन जोडेर पवेलियन फर्किदा ।

अविनास बोहरा ११ रनमा अविजित रहदा सुर्य तामाङ १ रनमा अविजित रहे । पुलिसका आरिफ शेखले ३ विकेट लिए । ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए ।बुधबारको जितसँगै एपिएफ जारी प्रतियोगितामा अपराजित रहँदै अन्तिम दुईमा प्रवेश गरेको हो । प्रतियोगिताको विजेताले १० लाख पाउने छ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्च ब्वाइज भोजपुर गोल्डकपको फाइनलमा

  टक्सार (भोजपुर) । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित

वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार छौंः कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु

टी- ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम विजयी

  काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती

प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।