म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा



वेष्ट ब्रोमलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लीश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले वेष्ट ब्रोमलाई ५–० ले हरायो ।

खेलमा सिटीका लागि इके गुन्डोगानले दुई गोल गर्दा होवाँ क्यान्सेलो, रियाद माहारेज र राहिम स्टर्लीङले एक एक गोल गरे । जितसँगै म्यान्चेस्टर सिटीले शर्षि स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडलाई उछिनेको हो ।

१९ खेलबाट म्यान सिटीको ४१ अंक छ भने युनाईटेडको ४० अंक छ । लिगअन्तर्गत गएराति भएको अर्को खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३–१ ले हराएको छ ।

आर्सनलको जितमा बकायो साका, निकोलस पेपे र अलेक्जेण्डर लाकाजेट्को एक एक गोल सामेल थियो । जितपछि आर्सनल २० खेलबाट ३० अंक जोड्दै तालिकाका आठौं स्थानमा उक्लिएको छ ।

प्रिमियर लिगमा गएराति वेष्ट ह्याम युनाइटेडले क्रिष्टल प्यालेसलाई ३–२ ले हराउँदा लिड्स युनाइटेडले न्युकासल युनानईटेडमाथि २–१ को जित निकाल्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यु–१६ इस्ट जोन कप क्रिकेटका लागि नेपाली टोली घोषणा

काठमाडौँ । मलेसियामा आयोजना हुने एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताका

आइसिसी क्रिकेटः नेपाल लगातार दोस्रो जितको खोजीमा

  काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपाल लगातार

गण्डकी प्रदेशस्तरीय क्रिकेट : घरेलु टोली कास्कीको लगातार दोस्रो जित

कास्की । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा

कीर्तिपुरकी एलिना नाथिङले जितिन् एकल कातामा स्वर्ण पदक

काठमाडौं । कीर्तिपुर नगरपालिकाकी एलिना नाथिङले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल