राष्ट्रिय महिला लिग फुटबलमा एपीएफद्वारा त्रिभुवन आर्मी पराजित



काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत मंगलबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गरेको छ । एपीएफ लगातार तेस्रो खेलमा विजयी भएको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मंगलबार भएकको खेलमा एपीएफका लागि अञ्जली कुमारी योन्जन र सरु लिम्बुले एक एक गोल गरिन् । एपीएफले दुवै गोल पहिलो हाफमा गरेको हो । खेलको २७औँ मिनेटमा एपीएफका लागि योन्जनले पहिलो गरेकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा लिम्बुले एपीएफका लागि दोस्रो गोल गर्दै आफ्नो टोलीलाई जित दिलाइन् । खेलको ‘प्लेयर अफ दि म्याच’ एपीएफकै अनिता केसी घोषित भइन् ।

एपीएफले हालसम्म तीन खेलमा ९ अङ्क जोडेको छ । एपीएफ तालीकाको शीर्ष स्थानमा छ । एपीएफले पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई ६–० गोलले तथा दोस्रो खेलमा विराटनगर महानगरपालिकालाई ७–० गोलले पराजित गरेको थियो । आर्मी तीन खेलमा ४ अङ्क जोडेर तेस्रो स्थानमा छ । आर्मीले पहिलो खेलमा पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई ७–० गोलले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको

चर्च ब्वाइज भोजपुर गोल्डकपको सेमिफाइनलमा

  टक्सार (भोजपुर) ।   भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

एसियाली बक्सिङ च्याम्पियनसिपमा भाग लिन नेपाली टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय