टटनह्याम एफ ए कप फुटबलमा फराकिलो अन्तरले विजयी



टटनह्याम एफए कप फुटबलको प्रिक्वार्टरफाईनलमा प्रबेश गरेको छ । चौथो चरणको खेलमा गएराती वेकम्व वन्डर्सलाई ४–१ गोल अन्तरले हराउदै टटनह्यामले अघिल्लो चरणको यात्रा तय गरेको हो ।

वन्डर्सको मैदानमा पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ३ गोल गर्दै टटनह्यामले जित हात पारेको हो । उसको जितमा टाङग्वे डोम्बेलेले २ तथा गारेथ वेल र ह्यारी विन्क्सले एक एक गोल गरे ।

खेलमा अग्रता भने २५ औ मिनेटमा घरेलु टोली वन्डर्सले लिएको थियो । टटनह्यामले अन्तिम १६ को प्रतिस्पर्धा एभर्टनसंग खेल्नेछ । एफए कपमा आज राती बर्नमाउथ र क्राउली टाउन प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धुर्मुस सुन्तली फाउण्डेशनको अभियानः रंगशालालाई एक लाख दिनोस्, आफ्नो नामको कुर्सी राख्नोस्

काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक लाख रुपैयाँ दिएर

बी डिभिजन लिगमा सातदोबाटोको अपाराजित यात्रा कायमै

काठमाडौं । श्री भगवती क्लबमाथि १–० को साँघुरो जित निकाल्दै सातदोबाटो युथ क्लबले

ला लिगामा भियारियलबिरुद्ध एट्लेटिको मड्रिडको सहज जित

स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा एटलेटिको मड्रिड, ग्रनाडा र रियल बेटिस विजयी

सिरी ए फुटबलमा मिलान र इन्टर मिलान विजयी,ईन्टरलाई शीर्ष स्थानमा ४ अंकको अग्रता

इन्टर मिलानले इटालीयन सिरी ए फुटबलको शीर्ष स्थानमा ४ अंकको अग्रता कायम राखेको