लिभरपुललाई हराउँदै म्यानचेस्टर एफए कपको पाँचौं चरणमा प्रवेश



लिभरपुललाई हराउँदै म्यान्चेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई ३–२ ले विजयी गराउन ब्रुनो फर्नान्डेजले फ्रि–किकमार्फत निर्णायक गोल गरे ।

यसअघि लिभरपुलका मोहोमद सलाहले दुई गोल गरेका थिए भने म्यान्चेस्टर युनाईटेडका मेसन ग्रिनउड र मार्कस रास्फोर्डले एक एक गोल गरेका थिए । जितसँगै म्यानचेस्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेड विरुद्धको पाँचो चरणको भिडन्त तय ग¥यो ।

एफए कपकै अर्को खेलमा चेल्सीले लुटन टाउनलाई ३–१ ले हराउँदा लेष्टर सिटीले ब्रेन्टफोर्डमाथि ३–१ कै जित निकाल्यो । यसैगरी शेफिल्ड वेनस्डेलाई ३–० ले हराउँदै एभर्टन तथा फुल्हमलाई ३–० ले हराउँदै बर्न्ले पनि एफए कपको पाँचौ चरणमा उक्लिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्दिरालाई स्वर्ण

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ की इन्दिरा पराजुलीले काठमाडौँ जिल्लाव्यापी बृहत खेलकुदअन्तर्गत टेबलटेनिसको भेट्रान

साफ महिला च्याम्पियनसिपका लागि खेलाडी छनोट

काठमाडौँ । यही असार २७ देखि आगामी साउन ६ गतेसम्म बङ्गलादेशमा आयोजना हुने

नेपाललाई पदक दिलाउने शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भुटानमा भएको १५औँ दक्षिण एसियाली शारीरिक

प्रचण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

पोखरा । सशस्त्र प्रहरी बलको एपिएफ क्लवले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको