प्रधानमन्त्री कप क्रिकेटमा वाग्मती सेमिफाइनलमा



काठमाडौं । चौँथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा वाग्मती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । वाग्मतीले लुम्बिनी प्रदेशसँग बराबरी खेल्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको हो । खेल बराबरी भएपछि दुवैले एक एक अङ्क बाँडेका थिए । वाग्मतीको सात तथा लुम्बिनीको पाँच अङ्क भएपछि वाग्मती सेमिफाइनलमा प्रवेश गरेको हो ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वाग्मतीले निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै २२० रन बनायो । २२१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४८ ओभरमा सबै विकेट गुमाएर २२० रन नै बनायो ।

वाग्मतीका लागि आदिल खानले अर्धशतकीय पारि खेले । उनले ८७ बलमा तीन छक्का र पाँच चौकाको मद्दतमा ५५ रन बनाए । यसैगरी आकाश थापाले ३९, पृथु बाँस्कोटा २९, कप्तान ज्ञानेन्द्र मल्लले १४, इशान पाण्डेले ५१ त्था नन्दन यादवले अविजित ११ रनको योगदान दिए ।

बलिङतर्फ लुम्बिनीका दीपेन्द्र रावतले तीन, कृष्ण कार्की र सन्दीप सुनारले दुई दुई तथा विक्रम भुषाल र अनिल खरेलले एक एक विकेट लिए । जवाफी ब्याटिङ गर्ने क्रममा लुम्बिनीका लागि प्रकाश केसीले ४१, सौरभ खनालले ३४, सन्दीप सुनारले २५, देव खनालले २६ तथा कप्तान कृष्ण कार्कीले ४१ रन बनाए । बलिङतर्फ वाग्मतीका विपीन आचार्यले चार तथा गौतम केसीले दुई विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबारै सम्पन्न अर्को खेलमा सुदूरपश्चिम प्रदेशले सान्त्वना जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर २ लाई तीन विकेटले पराजित गरेको हो ।

प्रदेश नम्बर २ ले पहिला ब्याटिङ गर्दै ४२ ओभरमा सवै विकेट गुमाउँदै १९५ रन बनाएको थियो । एक सय ९६ रनको विजय लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो । उसका लागि सन्जु धामीले ५७ रनको अर्धशतकीय पारी खेले ।

यस्तै कप्तान खडक बोहोराले ४३, गजेन्द्र बोहोराले ३९ र अरुण ऐरीले १९ रन बनाए । बलिङतर्फ प्रदेश–२ का कुमार थापाले तीन, हरिशङ्कर साहले दुई तथा विवेक यादव र रवि साहले एक एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा प्रदेश–२ का लागि हरिशङ्कर साहले ६०, विवेक यादवले ४१, महबुब आलमले २३, राहुलप्रताप सिंहले १२ तथा कुमार थापाले अविजित ११ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्ल र नरेन्द्र साउदले तीन तीन तथा अरुण ऐरीले दुई विकेट लिए । समूह ‘बी’ मा रहेको सुदूरपश्चिम यसअघि नै प्रतियोगिताबाट बाहिरिएको थियो । हारसँगै प्रदेश–२ पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिमियर लिगमा सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ ।

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।