राष्ट्रिय महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकमा एपिएफ विजयी



काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत बिहीबार भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एफिएफ क्लबले चन्द्रपुर नगरपालिकालाई ६–० गोलले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपिएफले खेलको १४औँ मिनेटमा खेलमा अग्रता लिएको थियो । उसका लागि भण्डारीले पहिलो गोल गरेकी थिइन् । खेलको २२औँ मिनेटमा एपिएफले थप एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा एपिएफका लागि खेलको ६१औँ मिनेटमा भण्डारीले नै गोल गरेकी थिइन् । लगत्तै एपिएफका लागि अनिता बस्नेतले गोल गरिन् । खेलको ७१ औँ मिनेटमा एपिएफका लागि पाँचौ गोल भण्डारीले नै गरिन् भने खेलको ८९ औँ मिनेटमा एपिएफका लागि छैटौँ गोल प्रिती राईले गरेकी थिइन् ।

राष्ट्रिय महिला लिगकै बिहीबर भएको अर्को खेलमा विराटनगर र वालिङबीचको खेल बराबरीमा सकिएको थियो । सातदोबाटोस्थित एन्फा मैदानमा सम्पन्न खेलमा दुवै टोलीले एक एक गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा वालिङका लागि सञ्जना शर्माले गोल गरेकी थिइन् । यस्तै मध्यान्तरपछिको खेलमा विराटनगरका लागि खेलको ६२औँ मिनेटमा आशा कुमारीले गोल गरिन् । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् । बराबरीपछि विराटनगर र वालिङले एक एक अङ्क बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : एथलेटिक्समा आशिषद्वारा नयाँ कीर्तिमान

  काठमाडौँ ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औँ राष्ट्रपति रनिङ शिल्ड

आर्मीलाई कालिका कप राष्ट्रिय भलिबलको उपाधि

  गलकोट (बागलुङ) ।  चैतेदसैँका अवसरमा बागलुङ कालिका गुठी समितिद्वारा आयोजित कालिका कप