लाजियो एक दशकपछि युरोपियन लिगमा छनोट



लाजियो एक दशक लामो प्रतिक्षापछि युरोपियन च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । लाजियो सिरी एअन्तर्गत गएराति भएको खेलमा काग्लियारीलाई पराजित गर्दै लाजियोले शीर्ष चारमा स्थान पक्का गर्दै युरोपियन च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो ।

खेलमा एक गोलले पछि परेको लाजियोले पुनरागमन गर्दै काग्लियारीलाई २(१ ले पराजित गरेको हो । ४५औं मिनेटमा जियोभानी सिमोनीले गोल गर्दै काग्लियारीलाई पहिले अग्रता दिलाएका थिए । ६०औ मिनेटमा सिरो इम्मोबाइलले गोल गर्दै लाजियोलाई अग्रता दिलाए । त्यही गोल निर्णायक बन्दा लाजियोले ३ अंक जोड्न सफल भयो । निर्णायक गोल गरेका इम्मोबाइल सिरी ए मा सर्वाधिक गोलकर्तामा समेत अगाडि छन् । उनले क्रिस्टियानो रोनाल्डोलाई एक गोलले पछि पारेका छन् । इम्मोबँइलको ३१ गोल पुगेको छ भने रोनाल्डोको ३० गोल छ । जितपछि लाजियोले ३५ खेलबाट ७२ अंक जोडेको छ र चौथो स्थानमा छ । पाँचौ स्थानमा रहेको रोमा भन्दा लाजियोले ११ अंक बढी जोडिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चेतन घिमिरे राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे र गोलकिपिङ प्रशिक्षकमा

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि खेलकुद प्रतिष्ठानलाई

खोटाङ । खोटाङको दिक्तेलमा बिहीबार सम्पन्न राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाल खेलकुद प्रतिष्ठानले

कबड्डी टोली बंगलादेश प्रस्थान

काठमाडौँ । चौथो बङ्गबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन बिहीबार १२

महिला एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा

  काठमाडौँ  । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप क्रिकेट