युरोपको तीन ठूला लिगमा ५० गोल पूरा गर्ने पहिलो खेलाडी:रोनाल्डो



रोनाल्डो युरोपको तीन ठूला लिगमा ५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । लाजियोविरुद्ध २ गोल गरेपछि रोनाल्डो युरोपको तीन ठूला लिगमा ५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका हुन् । उनले प्रिमियर लिग, ला लिगा र सिरी ए मा ५० गोल पूरा गरेका हुन् ।
रोनाल्डो र इम्मोबाइल यस सिजन सर्वाधिक गोल गर्ने दौडमा अघि छन् । दुवै खेलाडीले समान ३० गोल गरेका छन् । रोनाल्डो २००७(०८ पछि गोल्डेन बुट जित्ने पहिलो युभेन्ट्सका खेलाडी हुने लक्ष्यमा छन् । पछिल्लो पटक युभेन्ट्सका अलेसान्द्रो डेल पिएले उक्त अवार्ड जितेका थिए ।
रोनाल्डोले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडका लागि १९६ खेल खेल्दै ८४ गोल गरेका थिए । यस्तै ला लिगामा रियल मड्रिडका लागि २९२ खेलमा ३११ गोल गरे । सिरी ए मा ६१ खेलमा ५१ गोल गरिसकेका छन् । रोनाल्डो सिरी ए मा ५० छिटो ५० गोल गर्ने खेलाडी बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कबड्डी टोली बंगलादेश प्रस्थान

काठमाडौँ । चौथो बङ्गबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन बिहीबार १२

महिला एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा

  काठमाडौँ  । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप क्रिकेट

इटालियन क्लबलाई युरोपा लिगको उपाधि

काठमाडौं । युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ । बुधबार राति

एटीएफ यु–१२ टेनिसमा नेपालको पहिलो जित

काठमाडौँ । नेपालले एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) अन्तर्गत