कांग्रेसद्वारा खेलकूद विभाग मनोनित सदस्यहरुलाई प्रमाणपत्र वितरण


नेपाली कांग्रेसले केन्द्रीय खेलकूद विभाग मनोनित पदाधिकारी एवं सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा खेलकूद विभाग प्रमुख मोहनबहादुर बस्नेतले मनोनित पदाधिकारी एवं सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको हो ।

कांग्रेसले एकसाता अघि बिभागमा २ पदाधिकारी र २५ सदस्यको नामवली मनोनयन गरेको थियो । कार्यक्रममा खेलकुद बिभाग प्रमुख बस्नेतले खेल क्षेत्रको बिकासका लागि लाग्न निर्देशन दिनुभएको थियो । राज्यलाई चिनाउने क्षेत्र खेलकुद र खेल क्षेत्र नै भएको भन्दै उहाले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । नेपालमा सरकारको सहयोग नपुग्दा पनि खेलाडीहरुले देखाएको खेल निकै उत्कृष्ठ भएको उहाको भनाई छ ।

कांग्रेसले विभागको उप–प्रमुखमा काठमाडौंका मोहनकुमार राई र सचिवमा ललितपुरका मीनकृष्ण महर्जनलाई मनोनयन गरेको थियो । विभागले बानेश्वरमा आफ्नो कार्यालय समेत स्थापना गरिसकेको छ ।