एटलान्टाले इटालियन सिरी एमा ब्रेस्किअविरुद्ध शानदार जित हात पारेको छ । घरेलु मदानमा एटलान्टाले ब्रेस्किअलाई ६(२ ले पराजित गरेको हो । पासालिसले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । उनले ५५औ र ५८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका छन् । एटलान्टाका लागि बाँकी गोल मार्टेन डे रुम डुभा जापाट्टा र रुस्लान मालिनोभ्सक्ले गरेका हुन् । जितपछि एटलान्टा ३३ खेलबाट ७० अंक जोड्दै दोस्रो स्थानमा उक्लेको हो । एक खेल कम खेलेको इन्टर र लाजियोको समान ६८ अंक छ ।

प्रतिक्रिया