लिओनेल मेस्सीको ला लिगाको एउटै सिजनमा २० भन्दा बढी गोल



कप्तान लिओनेल मेस्सी ला लिगाको एउटै सिजनमा २० वा सोभन्दा बढी गोल र सँगै २० वा सोभन्दा बढी गोलको अवसर सिर्जना गर्ने पहिलो खेलाडी बनेका छन् । सन् २००८–०९ सिजनमा बार्सिलोनाका पूर्व खेलाडी ज्याभीपछि मेस्सीले एकै सिजनमा २० वटा गोलको अवसर सिर्जना गर्न सफल भएका हुन् ।

ला लिगाको एकै सिजनमा कुनै पनि खेलाडीले एकैपटक २० वा सोभन्दा बढी गोल र एसिस्टको कोशेढुंगा पार गर्न सकेका छैनन् । युरोपका शीर्ष ५ लिगमा भने यो उपलब्धि हासिल गर्ने मेस्सी दोस्रो खेलाडी हुन् । यसअघि थिएरी हेनरीले सन् २००२-०३ सिजनमा आर्सनलका लागि २४ गोल र २० एसिस्ट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कबड्डी टोली बंगलादेश प्रस्थान

काठमाडौँ । चौथो बङ्गबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन बिहीबार १२

महिला एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा

  काठमाडौँ  । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप क्रिकेट

इटालियन क्लबलाई युरोपा लिगको उपाधि

काठमाडौं । युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ । बुधबार राति

एटीएफ यु–१२ टेनिसमा नेपालको पहिलो जित

काठमाडौँ । नेपालले एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) अन्तर्गत