‘ए’ डिभिजन क्लबहरुलाई सहयोग रकम हस्तान्तरण



काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ‘ए’ डिभिजन क्लबहरुलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।महानगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौंका ६ ‘ए’ डिभिजन क्लबलाई प्रति क्लब १० लाखका दरले ६० लाख रुपैया सहयोग रकम हस्तान्तरण गरेको हो ।

क्लबका अध्यक्ष तथा प्रतिनिधिलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले चेक हस्तान्तरण गरे । महानगरले गतवर्षदेखि यो कार्यको थालनी गरेको थियो । मछिन्द्र क्लब,  मनाङ–मस्र्याङ्दी क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, न्युरोड टिम (एनआरटी) र सरस्वती क्लब महानगरबाट सहयोग रकम पाउने ‘ए’ डिभिजन क्लब हुन् । सरस्वती क्लब यसपटक ‘बी’ डिभिजनमा घटुवा भएको छ ।  महानगरका मेयर विद्यासुन्दर शाक्यले अघिल्लो वर्ष नै हुनुपर्ने कार्यक्रम केही ढिला हुन पुगेको बताउदै अर्काे वर्ष नियमित समयमै रकम हस्तान्तरण गरिने बताउनुभयो । केही क्लबको आन्तरिक समस्याका कारण तथा कोभिड–१९ का कारण ढिला हुन पुगेको उहाले बताउनुभयो ।

त्यस्तै महानगरकी उपप्रमुख हरिप्रभा खड्कीले महानगरको नीति तथा कार्यक्र र बजेटमा नै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । यो वर्ष ‘बी’ र ‘सी’ डिभिजनका क्लबलाई सहयोग दिन नसकिएपनि अर्काे वर्ष यो वर्षको सहित दोब्बर गरेर दिने योजना रहेको महानगरले जनाएको छ । महानगरले गत वर्ष ‘बी’ डिभिजनका क्लबलाई ३ लाख तथा ‘सी’ डिभिजनलाई २ लाख रुपैया प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय

एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले