ला लिगामा रियाल मड्रिडले उपाधि जित्ने सम्भावना



स्पेसिन लिग फुटबल ला लिगामा रियाल मड्रिडले उपाधि जित्ने सम्भावना बलियो पारेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा गेटाफेमाथि १–० को साँघुरो जित निकाल्दै रियाल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको अग्रता कायम गरेको छ । घरेलु मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन ७९ औँ मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

यो गोलसँगै रामोसले स्पेनिस लिग फुटबलमा ४ सय ५० गोल पुरा गरेका छन् । जितपछि शीर्ष स्थानको रियाल मड्रिडको ३३ खेलबाट ७४ अंक भएको छ । समान खेलबाट बार्सिलोनाको ७० अंक छ । अब लिगमा बाँकी पाँच खेल मध्ये चार खेलमा जित निकालेमा रियाल मड्रिडले किर्तीमानी ३४ औं पटक स्पेनिस लिग जित्नेछ ।

लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा ओसासुनाले आइबरलाई २–० ले तथा रियाल सोसिडाडले इस्पानियोललाई २–१ ले पराजित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

ओलम्पिकमा १५औँ नेपाली सहभागिता

राजु सिलवाल, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय