म्याराथनको उपाधि पुरुषतर्फ हरिकुमारलाई



रुपन्देही । बुटवल बहुमुखी क्याम्पसबाट सुरु भएको म्याराथनको उपाधि पुरुषतर्फ हरिकुमार रिमाल र महिलातर्फ कान्छीमाया कोजुले हात पारेका छन् । शनिबार राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेना मध्य पश्चिम पृतना बुटवलको आयोजनामा भएको ‘भिक्ट्री म्याराथन एण्ड युनिटी रन’ अन्तर्गत ४२ किलोमिटर दौड नेपाली सेनाका हरिकुमार रिमालले २ घण्टा ३१ मिनेट ३७ सेकेन्डमा पुरा गरेका हुन् ।

बिजेता रिमाल र कोजुले एक एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। दोस्रो हुने महिला र पुरुष धावकले जनही ५० हजार रुपैयाँ र तृतीय हुनेले २५ हजार रुपैयाँ प्राप्त गरे । पुरुष तर्फ सेनाकै राजन रोकाया दोस्रो र कल्याण राई तेस्रो भए। राजनले २ घण्टा ३२ मिनेट र कल्याणले २ घण्टा ३७ मिनेटमा निर्धा्रित दुरी पार गरे। त्यस्तै महिलातर्फ सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजुले २ घण्टा ५६ मिनेट ५१ सेकेण्डमा दौड पुरा गरिन ।

दोस्रो हुने नेपाली सेनाकी सरिता बासीले ३ घण्टा १२ मिनेट ५७ सेकेण्ड र सशस्त्रकी कृष्णेश्वरी सिन्तकलाले ३ घण्टा ३२ मिनेटमा निर्धा्रित दुरी पुरा गरे । कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रशिक्षकबिना क्रिकेटमा अब्बल ‘कञ्चनपुर’

महेन्द्रनगर (कञ्चनपुर) । राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रियस्तरमा भने

स्पेनिस क्लब बार्सिलोनाद्वारा पोर्टो पराजित

काठमाडौं । तीन वर्षपछि बार्सिलोनाले च्याम्पियिन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ

१९ वर्षमुनिकाे एसिया कपका लागि नेपाली टाेलीकाे घाेषणा

काठमाडौं । एसीसी-१९ वर्षमुनिको एसिया कपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

पुलिस सुदूरपश्चिमसँग पराजित हुँदा मधेश प्रदेश केपी ओली कपको सेमिफाइनलमा

पोखरा । पोखरामा जारी केपी ओली कप क्रिकेटमा सुदुरपश्चिमले नेपाल पुलिस क्लबलाई ४