विभागिए टिम एपीएफको पहिलो जित



सुनसरी । इनरुवामा भएको खेलमा क्रिकेट प्रतियोगितामा विभागिए टिम एपीएफले पहिलो जित निकालेको छ । मनमोहन स्मृती एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिए टिम एपीएफले पहिलो जित निकालेको हो । सोमाबार भएको खेलमा उसले घरेलु टिम इनरुवालाई ८३ रनले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ ४३ ओभर चार बलमा दुई सय चार रनमा अलआउट भयो । सुरुवात राम्रो गर्न नसकेको एपीएफल।े ७८ रनमा तीन विकेट गुमायो । ओपनर प्रज्वल शाहीले खाता खोल्न सकेनन् । यस्तै शंकर रानाले ३६ तथा प्रदिप ऐरीले १९ रन बनाए । यस्तै पृथु बास्कोटामात्र पाँच रनमा आउट भए ।

त्यसपछि सन्दिप जोरा र कप्तान बसन्त रेग्मीले १२–१२ रन बनाए । उसका लागि सुमित महर्जनले ८३ रनको पारी खेले । उनले एक सय सात बलमा सात चौका प्रहार गरे । एपीएफका पुछारका खेलाडी एकोहोरो रुपमा आउट भए । बलिङमा इनरुवाका सरोज बस्नेतले चार तथा अफ्ताज मन्सुरी, भुपाल लुइटेल, सोनु मण्डलले दुई दुई विकेट लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल मलेसियासँग पराजित

काठमाडौं । पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित

विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ

सातदोबाटोविरुद्ध एनआरटीको जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ