पार्कर खेल मार्फत चौथोपटक विश्व कीर्तिमान



काठमाडौं । अमेरिकामा पार्कर खेलाडी दिनेश सुनारले पार्कर खेल मार्फत चौथोपटक विश्व कीर्तिमान राखेका छन् । भ्रमण वर्ष २०२० लाई लक्षित गरी अन्तर्रा्ष्ट्रिय पार्कर खेलाडी दिनेश सुनारले पार्कर खेल मार्फत चौथोपटक विश्व कीर्तिमान राखेका हुन् । ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रालिको आयोजनामा भएको उक्त कार्यक्रममा दिनेशले आफ्नो चौथो कीर्तिमानी सफलतापूर्वक पूरा गरेका छन् ।

सन् २०४८ सालमा खोटाङको राजापानीमा जन्मिएका दिनेश तीन पटकसम्म विश्व कीर्तिमानी राखिसकेका छन् । पहिलो किर्तिमानी ‘मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स अफ द वाल इन वन मिनट’ मा, दोस्रो कीर्तिमानी ‘दि मस्ट ब्याकवार्ड समरसल्ट वाल इन ३० सेकेन्ड’ मा र आफ्नो दोस्रो कीर्तिमानीलाई तोड्दै ‘द मस्ट ब्याकफूल ३६० वाल इन ३० सेकेन्ड’ को तेस्रो कीर्तिमानी राखिसकेका छन् । अहिले उनको खातामा नयाँ कीर्तिमानी थपिएको छ, ‘दि मस्ट ब्याकवार्ड समरसल्ट अगेन्स्ट ट्राम्पोलिन इन एन आवर’ को कीर्तिमानी थपिएको हो ।

उनले ट्राम्पोलिनमा १ घण्टामा ४ सय ६० पटक ब्याकवार्ड समरसल्ट हानेर नयाँ कीर्तिमानी बनाएका हुन् । खेलको विधामा ४ पटकसम्म विश्व कीर्तिमानी राख्ने आफू मात्रै भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसियाडमा चीनको वर्चस्व

आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ ।

महिला फुटबलमा जापानले हान्यो नेपाललाई आठ गोल

काठमाडौं । १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोली जापानसँग

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल यू–१९ साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

एसियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शन

हाङ्जाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन