सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा खेलाडी र प्रशिक्षक सम्मान



काठमाडौं । सूर्यबहादुर थापा प्रतिष्ठानले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल धनकुटाका खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ ।

सागको पुरुष फुटबलमा स्वर्ण जितेका नेपाली यू २३ राष्ट्रिय फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ तथा करातेका प्रशिक्षकद्वय कुशल श्रेष्ठ र तारा गुरुङलाई खेलकुदको माध्यमबाट धनकुटाको शान बढाएकोमा प्रतिष्ठानले सम्मान गरेको हो ।

नेपालले साग फुटबलमा भुटानलाई २ १ गोलले पराजित गर्दै लगातार दोस्रो पटक स्वर्ण जितेको हो । उनीहरुलाई प्रतिष्ठानका अध्यक्ष सुनील थापालगायलते दोसल्लाका साथै जनही नगद २५ हजार र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

थापाले सीमित श्रोत र साधनका बावजुद देशको गौरव बढाएकोमा खेलाडीलाई बधाइका साथै धन्यवाद दिँदै पदक विजेता खेलाडी र प्रशिक्षकले धनकुटालाई गौरवान्वित तुल्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ

सातदोबाटोविरुद्ध एनआरटीको जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ

जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखलाई

काठमाडौं । जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखले ११ औँ पटक जितेको छ