रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका आह्वानमा सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दैछ । आज बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा सर्वदलीय बैठक बस्न लागेको हो  ।  

बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक  दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको छ ।