फिफा क्लब विश्वकप फुटबलको उपाधि लिभरपूललाई



इंग्लिस प्रिमियर क्लब लिभरपूलले यस वर्षको फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको दोहामा गएराति भएको फाइनल खेलमा ब्राजिलियन फुटबल क्लब फ्लेमेङ्गोलाई १–० ले हराउँदै लिभरपुलले उपाधि उचालेको हो ।

खेलमा लिभरपुललाई विजयी गराउन ब्राजिलियन खेलाडी रोवर्टो फर्मीनोले अतिरिक्त समयमा निर्णायक गोल गरे । निर्धारित ९० मिनेटको खेलमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

लिभरपुलले क्लब विश्वकपको उपाधि जितेको यो पहिलो अवसर हो । गत सिजन युरोपियन च्याम्पियन्स लिग फुटबल जितेबापत लिभरपुलले क्लब विश्वकप खेल्न पाएको हो ।

हरेक वर्ष आयोजना हुने क्लब विश्वकप फुटबलमा फिफाका विभिन्न ६ वटा क्षेत्रीय महासंघका क्लब च्याम्पियनहरुले सहभागिता जनाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ

सातदोबाटोविरुद्ध एनआरटीको जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ

जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखलाई

काठमाडौं । जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखले ११ औँ पटक जितेको छ