आर्मीका रावल र एपीएफकी कोजुलाई काठमाडौं म्याराथनको उपाधि



काठमाडौं । काठमाडौं म्याराथनको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावल र महिलातर्फ एपीएफकी कान्छीमाया कोजुले जितेकी छन् । शनिबार भएको १३ औं संस्करणको काठमाडौं म्याराथनमा आर्मीका नरेन्द्रले निर्धारित दुरी २ घण्टा ३३ मिनेट १० सेकेण्डमा पुरा गरे । कोजुले २ घण्टा ५७ मिनेट २७ सेकेण्डमा पुरा गरिन् ।

म्याराथनको उपाधि जितेपछि रावलले आफ्नो पहिलो म्याराथन भएको पहिलो पटक नै उपाधि जित्दा खुसी लागेको बताए । एपीएफकी कोजुले काठमाडौं म्याराथनमा ह्याट्रिक गरेकी हुन् । उनले आफ्नो होम ग्राउण्ड भएकाले केही सजिलो भएपनि रुटमा अलमल भएको गुनासो गरिन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको म्याराथनमा आर्मीकै बेदबहादुर सुनार दोस्रो भए । उनले २ घण्टा ३४ मिनेट २० सेकेण्डमा निर्धारित दुरु पार गरे । आर्मीकै ज्ञानप्रसाद भट्टराई २ घण्टा ३४ मिनेट ४५ सेकेण्डको समयसहित तेस्रो भए । महिलातर्फ आर्मी क्लबकी सरिता बासी दोस्रो भइन् । उनले ३ घण्टा १९ मिनेट ७ सेकेण्डमा पूरा गरिन् ।

त्यस्तै निर्जला ताम्राकार ३ घण्टा ४५ मिनेट ४७ सेकेण्डमा दुरु पार गर्दै तेस्रो भइन् । म्याराथन त्रिपुरेश्वरबाट सुरु भएर थापाथली हुँदै कुपण्डोल, पाटन गेट, चकुपट, युएन पार्क, शंखमुल, बानेश्वर, तीनकुने हुँदै कोटेश्वर चोक घुमेर एयरपोर्ट, गौशाला, पशुपत, रातोपुल, नक्साल, भाटभटेनी, बालुवाटार, लैनचौर, नारायणहिटी, दरबारमार्ग, घण्टाघर, भद्रकाली र सहिदगेट हुँदै त्रिपुरेश्वर रंगशालामा पुगेर सकिएको थियो । म्याराथन विजेताले ५० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार प्राप्त गरेका छन् ।

यसैगरि हाफ म्याराथनतर्फ आर्मीकै राजन रोकाया विजयी भएका छन् । उनले निर्धारित दुरी १ घन्टा १० मिनेट २६ सेकेन्डमा पुरा गरे । यसैगरि आर्मीकै हरि कुमार रिमाल १ घन्टा ११ मिनेट १३ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो भए । आर्मीकै रामजी बस्नेतले १ घन्टा ११ मिनेट २१ सेकेन्डसहित तेस्रो भए ।

महिलातर्फ आर्मीकै पूर्णलक्ष्मी न्यौपानेले १ घन्टा २८ मिनेट ०३ सेकेन्डमा दुरी पार पहिलो भइन् । आर्मीकै सानुमाया कार्कीले १ घन्टा ३० मिनेट ०१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो स्थान हासिल गरिन् ।

नेपाल पुलिसकी रेखा विष्टले १ घन्टा ११ मिनेट ४० सेकेन्डसहित तेस्रो भइन् । हाफ म्याराथनतर्फको दुवै समूहतर्फका विजेताले समान २० हजार , दोस्रो हुनेले १३ र तेस्रो हुनेले ७ हजार रुपैयाँ प्राप्त गरेका छन् । यसैगरी म्याराथन अन्तरगतको ५ किलोमिटर दौडमा पुरुषतर्फ विभागीय नेपाल एपीएफ क्लबका अजित कुमार यादव र महिलामा आर्मीकी सरस्वती भट्टराई च्याम्पियन बनेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ए डिभिजन लिगमा मछिन्द्रले सातदोबाटोलाई हरायो

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा

ए डिभिजन लिगमा जाउलाखेलसँग आर्मी पराजित

  काठमाडौं  । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

नेपालद्वारा मलेसिया पराजित

  काठमाडौं । मलेसियामा जारी टि–२०  अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले