पिपीएल क्रिकेटमा पोखरामाथि बुटवलको आठ विकेटको जित



काठमाडौं । दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो खेलमा बुटवल ब्लास्टर्सले अघिल्लो संस्करणको विजेता पोखरा पल्टनलाई आठ विकेटले पराजित गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङ शुरु गरेको पोखराले पूरै ओभर खेल्दै पाँच विकेटको क्षतिमा १२१ रनको योगफल बनाएको थियो ।

प्रतियोगितामा आफ्नो दोस्रो जितको खोजीमा रहेको बुटवल पोखराले दिएको १२२ रनको विजयी लक्ष्य १४ ओभरमा मात्र दुई विकेटको नोक्सानीमा भेट्टायो । प्रतियोगितामा चार खेल खेलिसकेको पोखराले एक खेलमात्र जित हासिल गरेको छ भने तीनमा पराजित भएसँगै अघिल्लो चरण पुग्नका लागि थप दबाबमा आएको छ ।

अब पोखराले ‘प्लेअफ’ खेल्नका लागि बाँकी एक खेल जितेर मात्र पुग्दैन अरु टोलीको नतिजामा समेत भर पर्नुपर्ने बाध्यता छ । शुरुवाती ब्याटस्म्यान अफ्ताबुद्दिन अहमद र शङ्कर रानाले पहिलो विकेटका लागि ८७ रनको उत्कृष्ट साझेदारी गर्नुभएपछि बुटवलले खेलमा सुखद शुरुआत गरेको थियो ।

आफ्नो अर्धशतक पूरा गर्ने क्रममा रसिद खानको बलमा ‘क्याच आउट’ हुनुअघि खेलका ‘म्यान अफ दी म्याच’ अहमदले ४६ बलमा १२ चौका र दुई छक्कासहित ७५ रन जोडे । जितसँगै बुटवलले चितवन राइनोजसँग समान चार अङ्क बराबरी गरेको छ । यद्यपि चितवनले एक खेल कम खेलेको छ भने अन्य टोलीको समान दुई अङ्क रहेको छ ।

पहिलो ओभरको दोस्रो बलमा शुरुआती ब्याटस्म्यान कशुल भुर्तेल रनको खाता नै नखोलेर बाहिरिएपछि घरेलु टोली पोखरा दबाबमा आएको थियो । भुर्तेललाई ललित भण्डारीले एलबीडब्लु आउट गरेका थिए । पोखराका लागि रविइन्दर सिंहले ४२ बलमा दुई चौका र दुई छक्का सहित ४५ रनमा अविजित रहदै टोलीका लागि मध्यमस्तरको लक्ष्य प्रस्तुत गरे ।

त्यस्तै प्रथमेश ढाके २० बलमा एक चौका र एक छक्कासहित २० रनमा अविजित रहे भने रोहित पौडेलले १८ बलमा एक चौरा एक छक्कासहित १९ रन जोडे । बुटवलका हर्ष टङ्कले आफ्नो चार ओभर बलिङमा जम्मा १० रन खर्चिएर दुई विकेट लिए भने शिवम सिंह, ललितसिंह भण्डारी र नितेश थापाले समान एक÷एक विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल मलेसियासँग पराजित

काठमाडौं । पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित

विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ

सातदोबाटोविरुद्ध एनआरटीको जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ