सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान



१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाइ समान गरेको छ । बुधबार खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको हो ।

महानगरपालिकाले स्थापनाको १०० औं वर्षको अवसर पारेर सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरेको हो । त्यसैगरी, रजत विजेतालाई ४० हजार र कास्य विजेतालाई ३० हजार प्रदान गरिएको छ । दुई स्वर्ण जितेका आयशा शाक्यले १ लाख पाएकी छिन् । दुई रजत र कास्य जित्ने खेलाडीलाई पनि सोही अनुसार नगद प्रदान गरिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चिरिबाबु महर्जनले सागमा पदक विजेता खेलाडीहरूलाई एसियन र ओलम्पिकबाट पदक जितेर आए अझ ठूलो रकमले सम्मान गर्ने बताए । सम्मान कार्यक्रममा महानगरभित्रको बासिन्दा रहेका २१ खेलाडी सम्मानित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री थ्री नेशन्स कपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको

एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ(भिडियोसहित)

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनका संस्थापक सीताराम कट्टेलले रंगशालाको काम अघि बढ्न नसक्दा

एसिया लायन्सलाई क्रिकेट मास्टर्सको उपाधि

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासम्मिलित एसिया लायन्सले लिजेन्ड्स लिग

साफ यू–१७ महिला च्याम्पियनशिपमा नेपाल भारतसँग पराजित

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग पराजित