हिमालयन शेर्पालाई यती एयरलाइन्सको मुख्य प्रायोजन



काठमाडौं । ‘ए’ डिभिजनमा रहेको हिमालयन शेर्पा क्लबलाई यती एयरलाइन्सले एक वर्षका लागि २० लाख रुपैयाँ बराबरको मुख्य प्रायोजन गरेको छ ।

हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यती एयरलाइन्सका निर्देशक समर राणासँग २० लाख बराबरको मुख्य प्रायोजन गर्ने सम्झौतापत्रमा सोमबार आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै अब क्लबको नाम यती हिमालयन शेर्पा क्लब हुनेछ । सम्झौतापछि यती एयरलाइन्सका वरिष्ठ व्यवस्थापक भीमराज राईले सामाजिक उत्तरदायित्वको काम गर्ने उद्देश्यसहित क्लबलाई सहयोग गरिएको बताए ।

क्लबका अध्यक्ष शेर्पाले यस किसिमको सहयोगले क्लब र फुटबल खेलको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । हिमालयन शेर्पा क्लबका खेलाडीमा मानबहादुर तामाङ (कप्तान), भीषण गुरुङ, त्रिदेव गुरुङ, आशीष गुरुङ, सुरज गुरुङ, विजय गुरुङ, सञ्जय धिमाल, दिवस उराउ, विकास राई, किशोर गिरी, गिल्सन कान्दाङवा, निरज बस्नेत, कैलाश बस्नेत, छिरिङ तामाङ, अभी पौडेल, विश्वान, छोपबहादुर उछानी, रवि थापामगर, विनोद गुरुङ, राम्जी, अब्दुल्ला, स्टिभ, क्षितिज खड्का, सविन तामाङ र विशाल श्रेष्ठ छन् । टोलीको मुख्य प्रशिक्षकमा सञ्जीव बुढाथोकी छन् भने सहायक प्रशिक्षकमा मीन बस्नेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ हुने

भैरहवा । शनिबार भैरहवामा इण्डो–नेपाल बक्सिङ खेलको आयोजना हुने भएको छ । भारतीय

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

काठमाडौं । नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ

खप्तड गोल्डकपमा खुमलटारलाई हराउँदै एभिनर सेमिफाइनलमा

धनगढी । छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा क्यामरुनको एभिनर

तिलोत्तमा गोल्डकपको उपाधिका लागि मनाङ र सुदूरपश्चिम–११ भिड्ने

बुटवल । बुटवलमा जारी तिलोत्तमा गोल्डकपअन्तर्गत बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी