प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल शुरु



काठमाडौ । प्रधानसेनापति सातौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आइतबारदेखि शुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा सञ्चालित उक्त प्रतियोगिताको प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालयस्थित खेल मैदानमा उद्घाटन गरे ।

प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नं १ लाई शून्यका विरुद्ध नौ गोलले पराजित गर्यो । खेल शुरु भएको २ मिनेटमा अग्रता लिएको त्रिभुवन आर्मी क्लबले मध्यान्तरअघि ५ र मध्यान्तरपछि ४ गोल गरेको थियो ।

आर्मीका तर्फबाट शर्मिला थापा मगर र रेश्मीकुमारी घिसिङले ३–३ गोल गर्नुभयो भने विमला चौधरीले २ र सपना लामाले १ गोल गरिन् । प्रधानसेनापति थापाले आजको प्रतियोगिताको विशिष्ट खेलाडीको सम्मान त्रिभुवन आर्मी क्लबका मगरलाई प्रदान गरे ।

खेल शुरु भएसँगै २, ७, १०, ४३, ४४, ५८, ६५, ७३ र ७५ मिनेटमा आर्मीका खेलाडीले लगातार गोल वर्षाएका थिए । शुरुदेखि निरन्तर दवावमा रहेका प्रदेश नं १ का खेलाडीले मध्यान्तरपछि खेलमा केही सुधार गरे पनि आक्रमकरुपमा प्रस्तुत भएका सेनाका खेलाडी सामु उनीहरुको प्रदर्शनी फितलो सावित भएको थियो । प्रतियोगितामा तीन विभागीय, दुई विदेशी तथा तीन प्रदेशका फुटबल टोली सहभागी छन् ।

आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन् ।लिग र नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार तथा सेमिफाइनल पुग्ने दुई टोलीले ५०/५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

महासेनानी शशिकिरण रायमाझीका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ । यस्तै उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकलाई जनही १०/१० हजार प्रदान गरिनेछ । सेनाले २०७० सालदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भुटानमाथि नेपालको ६–१ को जित

काठमाडौँ । पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू–२० महिला च्याम्पियनसिप

डेविस कपमा सहभागी हुन ६ सदस्यीय नेपाली टेनिस टोली मलेसिया जाने

काठमाडौँ । डेविस कपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टेनिस टोली

एनपिएल हुन्छ, तर व्यवस्थित तरिकाबाट हुन्छः मन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने

इस्ट जोन कप विजेता टोलीका खेलाडीलाई जनही ५० हजारसहित सम्मान गरिने

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी पुरुष यु–१६ इस्ट जोन कप