मैत्रीपूर्ण खेलमा मनाङ मस्र्याङ्दी जापानको फुटबल टीमसँग पराजित



काठमाडौं । रेलिगेशन विनाको ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लब जापानको जेएफएल यु–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा आइतबार पराजित भएको छ ।

दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको जापानी क्लबले सुखद नतिजा निकाल्दै स्वदेश फर्किने भएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको कृत्रिम मैदानमा मनाङले पाहुना टोली जेएफएललाई ३–० को नतिजा सुम्पिएको हो ।

भ्रमणकारी टोली जापानको टोलीलाई जिताउन जिन सिओयाले दुई तथा मासाहिको सुगिताले एक गोल गरे । यस अघि पहिलो खेलमा नेपाल निलोमाथि ४–० को जित निकाल्दै मनोबल बटुलेको जापानी भ्रमण टोलीका लागि सिओयाले २८औं मिनेटमा गोल गर्दै अग्रता बुनेका थिए ।

३४ औं मिनेटमा सिओयाले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । पछि परेसँगै खेलमा फर्किन संघर्ष गरेको मनाङले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरे पनि सफल हुन सकेन ।

दोस्रो हाफको अन्तिमतिर आक्रामक देखिएको मनाङ अगाडि बढेको मौकाको फाइदा उठाउँदै जापानी टोलीले अग्रतालाई झन फराकिलो पारेको थियो ।

खेल सकिन ३ मिनेट बाँकी रहँदा जापानका लागि सुगिताले गोल थप्दै जित सुनिश्चित गरेका थिए । यस अघि मनाङको कप्तान सम्हाल्दै आएका विराज महर्जन सहित केही खेलाडी अन्य ‘ए’ डिभिजन क्लबमा आबद्ध भएपछि कमल श्रेष्ठले मनाङको कप्तानी सम्हालेका थिए ।

शनिबारबाट सुरु भएको नयाँ सिजनको लिगमा मनाङले सोमबार विभागीय टोली एपिएफसँग खेल्दै लिगको सुरुआत गर्दै छ । मैत्रीपूर्ण खेलमा मनाङले भर्खरै मात्र अष्ट्रेलियाबाट आएका जगजित श्रेष्ठ र आदित्य चौधरीलाई भने मैदान उत्रारेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाललाई विश्वकै ‘स्पोर्टर्स् हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई विश्वकै ‘स्पोर्टर्स् हब’ का रुपमा विकास

बाबियाचौरमा ब्याडमिन्टन कर्भड हल निर्माण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा २१ लख रुपैयाँमा कर्भड हल निर्माण भएको

सद्भाव आचार्यलाई सूर्य नेपाल च्यालेन्जको उपाधि

  काठमाडौं । सोह्र वर्षका युवा गल्फर सद्भाव आचार्यले इतिहास रच्दै सूर्य नेपाल

जहाँ पाँच महिनादेखि खेलकुद मन्त्री छैन, अनि यस्तो देशमा खेलाडीहरु खेल्दाखेल्दै विदेश नगए कुन देश को जान्छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले लामो समयदेखि खेलकुद मन्त्रालय मन्त्रीविहीन भएको