सागमा स्वर्ण पदक विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा



काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सागमा सहभागी खेलाडीलाई भेट्दै एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रूपैयाँ र एउटा स्वर्ण जित्ने खेलाडीलाई ९ लाख रूपैयाँ दिने घोषणा गरेका हुन् ।

त्यस्तै, ’टीम इभेन्टमा’ स्वर्ण पदक जित्नेलाई प्रतिखेलाडी पाँच लाख र प्रशिक्षकलाई पनि पाँच लाख रूपैयाँ पुरस्कारको घोषणा गरिएको छ । रजत पदक जित्नेलाई ६ लाख र कांस्य पदक जित्ने खेलाडीलाई ३ लाख रूपैयाँ पुरस्कार घोषणा गरे । मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन विजयी

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत शनिबार भएको खेलमा ब्वाइज युनियन

मेयर कप क्रिकेटमा पुलिस दुई रनले विजयी

काठमाडौं । काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब दुई रनले विजयी

प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई

काठमाडौं । प्रधानसेनापति छैटौँ खुला म्याराथन दौड, २०७७ को उपाधि नेपाली सेनाका जमदार

वेष्ट ईण्डिजबिरुद्धको दोस्रो टि–२० मा श्रीलंका विजयी,वेस्टइन्डिज ४३ रनले पराजित

वेष्टईण्डिजबिरुद्धको दोस्रो टि–२० क्रिकेटमा भ्रमणकारी टोली श्रीलंका विजयी भएको छ । घरेलु टोलीलाई