१३ औं साग ऐतिहासिकः ५१ स्वर्णसहित नेपालको कीर्तिमानी प्रदर्शन



काठमाडौं । नेपालले ५१ स्वर्ण पदकसहित १३औँ दक्षिण एशियाली खेलकूद (साग)को बिदाइ गरेको छ । सागको ३५ वर्षे इतिहासमा नेपालले यसपटक कीर्तिमानी प्रदर्शन गरेको हो । नेपालले १३औँ सागमा हालसम्मकै सर्वाधिक पदक जितेको छ ।

यसअघि सन् १९९९ मा काठमाडौँमा सम्पन्न आठौँ सागमा नेपालले ३१ स्वर्ण जितेको थियो । तेह्रौँ सागमा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रह्यो । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक जित्यो ।

नेपालले आज बक्सिङ र पुरुष फुटबलमा स्वर्ण जितेको थियो । पुरुष फुटबलमा भूटानलाई २–१ गोलले हराउँदै स्वर्ण जितेको थियो भने बक्सिङमा सनिल शाहीले स्वर्ण जितेका थिए । सागमा समावेश २६ खेलमध्ये नेपालले २५ खेलमा पदक जितेको छ । नेपाल सुटिङमा भने पदकविहीन रह्यो । नेपालले आठौँ साग जस्तै यसपटक तेक्वान्दो र करातेमा सफलता प्राप्त ग¥यो ।

तेक्वान्दोबाट सर्वाधिक १२ तथा करातेबाट १० स्वर्ण पदक प्राप्त भयो । बक्सिङमा नेपालले दुई दशकपछि स्वर्ण पदक पायो । बक्सिङमा नेपालले तीन स्वर्ण जितेको छ । तेह्रौँ सागमा पौडीकी गौरिका सिंह सर्वाधिक सफल खेलाडी बनिन् ।

उनले सागको एउटै संस्करणमा चार स्वर्ण जित्दै कीर्तिमान बनाइन् । यस्तै करातेका मण्डेकाजी श्रेष्ठ र आयशा शाक्यले एउटै संस्करणमा दुई स्वर्ण कीर्तिमान बनाए ।

महिला क्रिकेटतर्फ अञ्जली चन्दले दुई दशमलव एक ओभर बलिङ गर्दै बिना कुनै रन छ विकेट लिएर विश्व कीर्तिमान बनाइन् । तेह्रौँ सागका खेल काठमाडौँ, ललितपुर, पोखरा र जनकपुरमा खेलाइएका थियो । भारत १७४ स्वर्ण, ९३ रजत र ४५ कास्यसहित कूल ३१२ पदक जित्दै पदक तालिकाको शीर्ष स्थानमा रह्यो ।

यस्तै श्रीलङ्का ४० स्वर्ण, ८३ रजत र १२८ कास्यसहित कूल २५१ पदक जित्दै तेस्रो, पाकिस्तान ३१ स्वर्ण, ४१ रजत र ५९ कास्यसहित कूल १३१ जितेर चौथो, बङ्गलादेश १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित कूल १३८ पदक जितेर पाँचौँ, माल्दिभ्स एक स्वर्ण र चार कास्य गरी कूल पाँच पदक जित्दै छैटौँ तथा भूटान सात रजत र १३ कास्यसहित कूल २० पदक जित्दै साग पदक तालिकाको अन्तिम स्थानमा रह्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसद तीन ठूला राजनीतिक दलका शीर्षस्त नेताको कब्जा गयो

काठमाडौँ । विसं २०७९ प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म संसदका तीन वटा अधिवेशन पूरा

नेपाल र कतारबीच विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर

  काठमाडौँ ।  नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद,

टी-२० शृंखला खेल्न आइपुग्यो वेस्ट इन्डिजको क्रिकेट टोली

काठमाडौं । नेपालसँग टी–२० शृंखला खेल्न वेस्ट इन्डिज ‘ए’ टोली काठमाडौं आइपुगेको छ

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख