बक्सिङमा नेपाललाई स्वर्ण, स्वर्ण पदकको संख्या ५० पुग्यो
काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत अन्तिम दिनको भिडन्तमा बक्सिङबाट नेपालले ५० औँ स्वर्ण पदक जित्न सफल भएको छ। नेपालका सनिल शाहीले बक्सिङको ६० केजी तौल समूहबाट स्वर्ण पदक जितेका हुन्।
सातदोबाटोस्थित कराँते हलमा पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडी खेलाडी भिरेन्द सिंहलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन्। नेपालले यससँगै जारी सागमा स्वर्णको संख्या ५० पुर्याएको छ। नेपालले फुटबलबाट स्वर्ण जित्ने सम्भावना अझै बाँकी छ।