पौडीमा गौरिकालाई चौथो स्वर्ण



काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पौडीमा गौरिका सिंहले कीर्तिमान बनाएकी छिन् । उनले सोमबार कीर्तिमानी चौंथो स्वर्ण पदक जितेकी छिन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दूरी ५८ दशमलव १३ सेकेण्डमा पूरा गरिन् । उक्त स्पर्धामा भारतकी शिवाङ्गी शर्माले रजत जितिन् ।

उनले उक्त दूरी ५८ दशमलव १५ सेकेण्डमा पूरा गरिन् । गौरिकाले एउटै सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी हुन् । यसअघि १७ वर्षीया ओलम्पियन गौरिकाले दुई सय मिटर ब्याकस्ट्रोक, दुई सय मिटर फ्रिस्टाइल तथा चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी थिइन् ।

उनले सागमा नेपालका लागि सर्वा्धिक चार स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबरी गरेकी छिन् । दीपकले सागको चार संस्करणमा चार स्वर्ण जितेका थिए भने गौरिकाले सागको एउटै संस्करणमा चार स्वर्ण जित्दै इतिहास बनाइन् । उनले दुई रजत र दुई कास्य पदकसमेत जितेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

सुर्खेत । दैलेखको तालपोखरीमा मालबाहक मिनि ट्रक दुर्घटना तीन जनाको  घटनास्थलमै मृत्यु भएको

‘म्याग्दी कप’को उपाधि पश्चिम म्याग्दी युवा क्लबलाई

म्याग्दी । म्याग्दीको बेनीमा सम्पन्न प्रथम ‘म्याग्दी कप’ आमन्त्रित म्याग्दी लिग फुटबल प्रतियोगिताको

‘प्रधानमन्त्रीज्यू, मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन, जो तपाईंलाई थाहा छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारलाई जनताको मुख थुन्ने भन्दा

चीनले तयार गरेको शान्ति योजनालाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिन्छः पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य